सांसद जुठबहादुर खड्गी श्रम समितिको सभापतिमा निर्वाचित

२९ असार ०७४, काठमाडौं । अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका सांसद जुठबहादुर खड्गी (जेबी टुहुरे) निर्वाचित भएका छन् ।

समितिको बिहीबार बसेको बैठकमा कांग्रेसका भरतबहादुर खड्काको प्रस्ताव र माओवादी केन्द्रका गणेशमान पुनको समर्थनमा खड्गी निर्विरोध सभापतिमा चुनिएका हुन् ।

एमालेले उक्त पदमा उम्मेदवारी नदिएपछि सांसद खड्गी सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।

यसअघि श्रम समितिको सभापतिमा माओवादी केन्द्रका प्रभु शाह थिए । उनी नयाँ सरकार गठनसँगै सहरी विकासमन्त्री भएपछि सभापति पद रिक्त रहेको थियो ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत