माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक सुरु

२ साउन ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार सुरु भएको बैठकमा स्थानीय तह चुनावको समीक्षा गर्दै आगामी रणनीति तयार पार्न सचिवालय सदस्यहरुका साथै जिल्ला इञ्चार्जहरुको समेत उपस्थिति छ ।

बैठकमा निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी र संगठनात्मक विषयमा छलफल हुने माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । बैठकले प्रदेश र केन्द्रको निर्वाचन तथा संगठनको रणनीति तय गर्ने बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत