सशस्त्र प्रहरीद्वारा अवैध स्याउ बरामद

४ साउन ०७४, सप्तरी । जिल्लाको टिकुलियास्थित बनरझुला सशस्त्र प्रहरी सीमा सुरक्षा वेश क्याम्पले गए राति लाखौंको अवैध स्याउ बरामद गरेको छ ।

नेपालबाट अवैध रुपमा भारततर्फ चोरी तस्करी गरी लैजाने क्रममा सशस्त्र प्रहरी हवल्दार रामविलास खेडवारको नेतृत्वमा खटिएको टोलीले चोरी तस्करी गरी भारततर्फ लैजादै गरेको को.१ च ६९६८ नम्बरको महेन्द्रा पिकअप भ्यान सहित १०० कार्टुन स्याउ बरामद गरेको हो ।

करिब १ लाख ३० हजार मूल्य बराबरको प्यान बिलसहित पिकअप भ्यान चालकलाई पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी सीमा सुरक्षा वेश क्याम्पले जनाएको छ ।

उक्त अवैध स्याउ विराटनगरको विजय फ्रुडस सेन्टरबाट राजविराजस्थित सुर्या फ्रुडस सेन्टरको नाउँमा आए पनि अवैध रुपमा भारततर्फ लगिदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

बरामद गरिएका पिकअक भ्यान , चालक र स्याउलाई आवश्यक अनुसन्धानको लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत