काठमाडौंको ठमेल र पोखराको लेकसाइड २४ सै घण्टा खुल्ला खुल्ने

५ साउन ०७४, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले भने काठमाडौंको ठमेल र पोखराको लेकसाइड २४ सै घण्टा खुल्ला गर्ने गरी सुरक्षा प्रवन्ध मिलाउने निर्णय भइसकेको बताएका छन् ।

पर्यटन व्यवसायीहरुले ठमेल र लेकसाइड सुरक्षा प्रवन्ध मिलाएर २४ सै घण्टा खुल्ला गर्न माग गर्दै आइरहेका बेला गृहमन्त्रीले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सो कुरा बताएका हुन् ।

‘काठमाडौंको ठमेल र पोखराको लेकसाइडलाई २४ सै घण्टा खुलाउने निर्णय मैले गरिसकेको छु, ब्यवसायीहरुलाई पहलकदमी लिएर त्यतातिर अगाडि बढ्नको लागि म अनुरोध गर्दछु ।’

ठमेल र लेकसाइड नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरु मध्येका हुन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत