निर्वाचन क्षेत्र निर्धारण आयोगका पदाधिकारीबाट पद तथा गोपनियताको सपथ ग्रहण

८ साउन ०७४, काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगका पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।

आइतबार प्रधानन्यायाधीश गोपाल पराजुलीले आयोगका अध्यक्ष कमलनारायण दासलाई सपथ गराए । लगतै अध्यक्ष दासले सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । आयोगको कार्यालय सिंहदरबारस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण रहेको भवनमा रहनेछ ।

आयोगले प्रदेश र संघीय संसदको निर्वाचन क्षेत्र निर्धारण गर्दा स्थानीय तह विभाजन समेत गर्न पाउनेछ । तर, एउटा वडालाई दुई निर्वाचन क्षेत्र बनाउन पाइँदैन ।

सरकारले बिहीबार सर्वोच्चका पूर्व न्यायाधीश दासको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको थियो ।आयोगको टिओआरमा कार्य प्रारम्भ गरेको मितिले २१ दिनमा प्रतिवेदन बुझाउनु भनिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत