प्रहरी डीआईजीलाई संगठन सुधारका लागि सुझाव दिन गृहमन्त्रीको निर्देशन

८ साउन ०७४, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले संगठन सुधारका लागि तीनवटा बुँदामा सुझाव दिन प्रहरी डीआईजीलाई निर्देशन दिएका छन् ।

आइतबार सिंहदरबारस्थित गृहमन्त्रालयमा सबै डीआईजीलाइ बोलाएर गृहमन्त्री कार्यसम्पादन मूल्यांकन, वृत्ति विकास र सरुवा क्यालेन्डर सम्बन्धमा लिखित रुपमा योजना बुझाउन निर्देशन दिएका हुन् ।

त्यस्तै संघीय प्रहरीको सम्बन्धमा केन्द्रको संरचनाका साथै संघीय संरचनामा कस्तो हुन सक्छ भने बिषयमा पनि लिखित राय दिन पनि गृहमन्त्रीले निर्देशन दिएका छन् ।

प्रहरी अधिकृतहरुले ३० बर्षे सेवा अवधी हटाउनुपर्ने, उमेर हद ६० बर्ष कायम गर्नुपर्ने प्रदेश र केन्द्रीय प्रहरीको पोशाक एउटै हुनुपर्ने जस्ता सुझाव दिनुभएको छ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत