ट्राफिक महाशाखा प्रमुख भए एसएसपी खनाल

१० साउन ०७४, काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाल महानगरीय ट्राफिक महाशाखा प्रमुखमा आएका छन् ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले ट्राफिक महाशाखा प्रमुख रहेका डीआईजी मिङमार लामालाई केन्द्रीय ट्राफिक प्रहरी निर्देशनालयमा पठाई खनाललाई महाशाखामा ल्याएका हुन् ।

अपराध महाशाखाबाट सरुवा भएपछि एसएसपी खनाल आईजीपीको कार्यालयमा थिए । हालै भएको एसएसपी बढुवा सिफारिस खनाल पहिलो नम्बरमा थिए । खनाल आजैदेखि कार्यालयमा हाजिर भएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत