वैदेशिक कामदारको स्थिति बुझ्न श्रम समितिले दियो निर्देशन

१२ साउन ०७४, काठमाडौं । संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी तथा मलेसियामा कार्यरत नेपाली कामदारको अवस्था बुझ्न ती देशमा पठाइएका राजदूतहरुलाई बोलाएर निष्कर्ष निकाल्न  निर्देशन दिएको छ ।

बिहीबार समितिले गृह, परराष्ट्र र श्रम मन्त्रीहरुसँग सामुहिक छलफल गर्दै  राजदूतहरुको उपस्थितिमा खाडी तथा मलेसियामा कार्यरत नेपाली कामदारको अवस्था बुझ्न  निर्देशन दिएको हो । साथै राजदूतहरुको उपस्थीतिमा वैदेशिक रोजगार सम्मेलन गर्न समेत निर्देशन दिएको छ ।

बैठकले घरेलु कामदार पठाउनको लागि सम्बन्धित देशसँग यथाशीघ्र श्रम सम्झौता गरी कार्यान्वयनमा लैजान, एकिकृत सफ्टवेर निर्माण गरी कामदारको अभिलेख चुस्त बनाई सुरक्षा र उद्धार कार्यलाई समुन्वयात्मक वनाउन, वैदेशिक रोजगार ऐनलाई परिमार्जन गरी समसामहिक बनाउन श्रम र पराराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ  ।

बैठकले नेपाली कामदार बढी रहेको देशको नेपाली दूतावासमा नेपाली श्रमिकको नियमन संयन्त्र निर्माण गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले समितिबाट यसअघि भएका निर्णयहरुलाई कडाईका साथ कार्यान्वयन गर्न सरोकारवाला मन्त्रालयलाई ध्यानकर्षण गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत