आज प्रधानमन्त्रीले नारायणगढ-मुग्लिन सडक निरीक्षण गर्दै

१८ साउन ०७४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ-मुग्लिन सडकको आज निरीक्षण गर्दै छन् ।

निर्माणाधिन नारायणगढ-मुग्लिन  सडकखण्डको करिब १२ किलोमिटर दुरीसम्म  प्रधानमन्त्री देउवाले स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाले जनाएको हो ।

सडकको निर्माण प्रगति बारे आयोजना प्रमुख चन्द्र नारायण यादवले  प्रधानमन्त्रीलाई ब्रिफिङ्ग गर्नुहुनेछ । ५ किलोमिटर सडक मात्रै अहिले सम्म कालोपत्रे भएको छ । भने निर्माणाधिन ३१.५ किलोमिटर सडकको ५२ प्रतिशत काम सकिएको दावी गरिएको छ ।

प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर, भौतिक पूर्वाधार तथा यातायातसचिव देवेन्द्र कार्की र सडक विभागका अन्य अधिकारी पनि चितवन आएका छन् । प्रधानमन्त्रीले स्तरोन्नति भइरहेको यस सडकखण्डको कार्यप्रगतिको निरीक्षण गर्नेछन् ।

मुग्लिन देखि कालिखोला सम्मको खण्डमा अप्ठ्यारो पहाड फोर्ने काम वर्षाका कारण रोकिएको छ । सुस्त गतिमा काम भएको गुनासो बढेपछि सडक विस्तारको कार्य प्रगतिबारे प्रधानमन्त्री देउवाले चासो राख्नुभएको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत