सांस्कृतिक पर्वहरुको विदा कटौति फिर्ता लिन माग गर्दै जनजाति आन्दोलनमा

७ बैशाख ०७५, काठमाडौं । आदिवासी जनजातिहरुले सांस्कृतिक पर्वहरुको विदा कटौति गर्ने निर्णय सरकारविरुद्ध फिर्ता लिन माग गर्दै  प्रर्दशन सुरु गरेका छन ।

शुक्रबार माईतीघर मण्डलमा प्रर्दशन गर्दै विभिन्न जातीय संघ, संगठनमा आवद्ध नेता, कार्यकर्ताले  आफूहरुको सांस्कृतिक पर्वहरुको विदा कटौति गर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्न माग गरेका हुन ।

पर्वहरुले संस्कृतिको संरक्षण गर्ने हुँदा त्यस्ता पर्वहरुमा सार्वजनिक विदा कटौति गर्न नहुने तर्क गर्दै उनीहरुले आफूहरुको सांस्कृतिक पर्वको विदा कटौति गर्ने निर्णय फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत