मनोज पुनलाई सहयोग गरेको अभियोगमा पक्राउ परेका दुई नेता कारवाहीमा

१३ बैशाख ०७५, काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रहरी इन्काउण्टरमा मारिएका मनोज पुनलाई सहयोग गरेको अभियोगमा पक्राउ परेका दुई जनालाई कारवाही गरेको छ ।

बिहीबार पार्टी राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य लेखनाथ न्यौपाने र जिल्ला सदस्य तुल्सी न्यौपानेलाई पार्टीले कार्वाही गरेको हो ।

माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज दधिराम न्यौपानेले विज्ञप्ति निकाली उनीहरुलाई पार्टीका कुनै पनि जिम्मेवारीमा नरहने गरी हटाइएको  जानकारी दिए ।

यसअघि पुनको मुख्य सहयोगीका रुपमा काम गरेको आरोपमा पक्राउ परेका नेकपा एमाले निकट युवा संघका केन्द्रीय सदस्य सुजु मल्ल र सदस्य उत्तम आचार्यलाई एमालेले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिसकेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत