भर्नाको मौषममा विद्यार्थी संगठनको दबाबमुलक कार्यक्रम !

१४ बैशाख ०७४, काठमाडौं । विद्यार्थी भर्नाको मौषममा यस वर्ष पनि विगतका वर्षहरुमा जस्तै विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरुले दबाबमुलक कार्यक्रम भन्दै स्थानीय तहको ध्यानाकर्षण गराएका छन् ।

एकातिर निजी विद्यालयहरुले मनपरी शुल्क असुल्ने कार्य जारी नै छ भने अर्कोतिर विद्यालय भर्नाको बेला शसक्त अन्य बेला सुसुप्त देखिने विद्यार्थी संगठनको दवावमुलक कार्यक्रम पनि चलिरहेकै छ ।

आन्दोलनमै रहेको भनिएको संयुक्त विद्यार्थी संगठनले शुक्रबार स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

निजी विद्यालयको मनपरी शुल्क नियन्त्रण गर्ने उद्घोष गरेका विद्यार्थी संगठनहरु अन्ततः आफैँ कसको नियन्त्रणमा पर्दछन् र पुनः अर्को वर्ष प्रहसन दोहोरिन्छ ।

संयुक्त विद्यार्थी संगठनले स्थानीय तहमा बुझाएको ध्यानाकर्षण पत्र  :

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत