बाराको चुरियामाईमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते

१९ बैशाख ०७५, मकवानपुर । बाराको चुरियामाईमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० विद्यार्थी घाइते भएका छन् ।

आज बिहान झापाबाट स्कूले विद्यार्थी बोकेर आएको मे १ ख २४२९ नं. को मकालु बस लाई ना५ख ३५८२ नं.को ट्रकले ठक्कर दिँदा बसमा रहेका विद्यार्थी र शिक्षक गरी ४० जना घाइते भएका छन् ।

नेल्टा झापाको एक्सेस कार्यक्रम अन्तर्गत पोखरामा हुने एक्सेस कार्यक्रममा जान लागेका स्कूले विद्यार्थी बिहान २ बजे दुर्घटनामा परेको मकवापनुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख दिलीपराज झाले बताए ।

चालिस घाइतेमध्ये एक जनाको काठमाडौंमा, ६ जनाको भरतपुर र अन्य ३३ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत