गुल्मीमा खुल्ला दिसामुक्त क्षेत्र कार्यान्वयनमा समस्या, घोषणा कागजमा मात्रै सिमित

हुमाकान्त पोखरेल, २४ बैशाख ०७५, गुल्मी ।  खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको तीन बर्ष भएपनि गुल्मीमा खुल्ला दिसामुक्त घोषणा कागजमा मात्रै सिमित भएको छ ।

धुर्कोट गाउँपालिका २ पिपलधारामा प्रयोगबिहिन भएको शैचालय। फोटो : हुमाकान्त पोखरेल

२०७२ साल असार २६ गते तत्कालिन उपराष्ट्रपति परमानन्द झाले गुल्मीलाई खुल्ला दिसामुक्त तथा पूर्ण साक्षर जिल्ला घोषणा  घोषणा गरेका थिए । गाउँदेखि जिल्लासम्म लाखौँ रुपैयाँ पनि खर्च भएपनि गाउँका केही बस्तीहरुमा पुग्दा खुल्ला दिसामुक्त कागजी घोषणा मात्रै भएको देखिन्छ ।

गुल्मीको धुर्कोट गाउँपालिका २ पिपलधारा र ७ वाग्लाको दलित बस्ती पुग्दा चर्पी बनाउन दिएका साइफन आँटीमै रहेको र धुर्कोट गाउँपालिकाको २ कै पिपलधारामा मात्रै ४७ परिवारको चर्पी ब्यवस्थित नबनाएको गाउँपालिकाका वास संयोजक छविलाल विश्वकर्माले बताए । उनले अन्य वार्डहरुमा पनि कम्तिमा १५ देखि २५ घरपरिवारको चर्पी ब्यवस्थित नभएको  र कतिपयले चर्पी नै  नबनाएका घरहरु पनि भेटिने गरेको बताए ।

त्यस्तै, इस्मा गाउँपालिकाका ४, ५ र ६ वडामा पनि चर्पीको प्रयोग नगर्ने र नबनाउनेहरुको समेत रहेको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना इस्मा गाउँपालिकाका संयोजक हरी घिमिरेले बताए । उनले भने– ‘इस्मा गाउँपालिकामा १५ प्रतिशत परिवारको घरमा ब्यवस्थित चर्पी नभएको र पाँच प्रतिशत परिवारले चर्पी नै नबनाएका पनि छन् ।’

मुसिकोट नगरपालिका जनसङ्ख्याको हिसाबले ठूलो नगरपालिका भएपनि पाचँ सय भन्दा बढी परिवारका चर्पी ब्यवस्थित नभएको र भएकामा चर्पीमा ढोकाहरु नराखेको बढी अब्यवस्थित रहेका नगरपालिकाका वास संयोजक सीता भुसालले बताइन् ।

उनले नगरपालिकामा चर्पी नबनाएका मानिस कम भएपनि  व्यवस्थित नहुनेको संख्या भने बढी भएकाले  नगरपालिकालाई पूर्ण सरसफाई युक्त नगरपालिका घोषण गर्न समस्या परेको  बताइन् ।

कालिगण्डकी गाउँपालिकामा पनि पाँच प्रतिशत भन्दा बढी परिवारको  चर्पी ब्यवस्थित नभएको र  खड्गकोट र भुर्तङ्गमा चपी नै नबनाएका घरहरु समेत भएपनि भुर्तुङ्गका एक सय ५० घरमा पूर्ण सरसफाईयुक्त भएको भन्दै हरियो स्टिकर समेत टाँसिएको गाउँपालिकाका वास संयोजक शंकर नेपाललीले बताए ।

उनले  जिल्लाकै कतिपय विद्यालयहरुमा चर्पी नै नभएको र भएकामा पनि व्यवस्थित तरिकाले संचालन गर्न नसकेको बताए ।

त्यस्तै नागरिकमा जनतेतनाको अभावले गर्दा चर्पी नबनाएको र बनाएकोले पनि ब्यवस्थित तरिकाले प्रयोग नगरेको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई योजनाका जिल्ला संयोजक विनोद लोहारले बताए । उनले भने–‘केहि मात्रामा पानीको समस्या भएपनि चर्पी बनाउन आर्थिक विपन्नता खासै छैन्।’ अझै मानिसमा चेतनाको अभाव छ ।’

वाससँग सहकार्य गर्दै स्थानिय तह

गुल्मीमा हाल चार स्थानिय तहहरुमा पश्चिम नेपाल खानेपानी तथा ग्रामिण सरसफाई परियोजना लागु भएको छ । परियोजनाले खानेपानी तथा सरसफाइ सम्बन्धि काम गरिरहेको छ ।

खानेपानी आयोजना पूर्ण रुपले निर्माण गर्न वासले विभिन्न चार चरणमा काम गर्दै आएको छ । जस अन्तरगत पहिलो चरणमा योजना तर्जुमा, दोस्रो चरणमा तालिम, गोष्ठि संचालन, तेस्रो चरणमा निर्माण कार्य सम्पन्न गर्ने र चौथो चरणमा योजना दीगो बनाउने योजनाको विषयमा छलफल गर्ने मुसिकोट नगरपालिका वास इकाई सहजकर्ता राजन घिमिरेले बताए ।

त्यस्तै समाजलाई पूर्ण सरसफाईयुक्त क्षेत्र बनाउने सम्बन्धमा पनि योजना बनाउने काम वासले गर्दै आएको छ । वाससँग सहकार्य गरी पूर्ण सरसफाईयुक्त क्षेत्र बन्ने प्रयासमा जिल्लाका स्थानिय तह छन् ।

जिल्लाको धुर्कोट, इश्मा र कालिगण्डकी गाउँपालिका तथा मुसिकोट नगरपालिकाले वाससँग सहकार्य गरी खानेपानी तथा सरसफाईको क्षेत्रमा काम गरिरहेका छन् । चर्पीको व्यावस्थापनको लागि सरसफाई र पानी प्रमुख तत्व भएकोले वाससँग सम्झौता गरी काम थालिएकोले केही समयमा अब्यवस्थित चर्पीहरुको व्यावस्थापन गरिने धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए ।

धुर्कोटमा ७८ लाख १५ हजार र इश्मा गाउँपालिकामा ६० लाख ३० हजार, त्यस्तै कालिगण्डकी गाउँपालिकामा ४४ लाख र मुसिकोट नगरपालिकामा दुई करोड छ लाखमा वासले खानेपानी तथा सरसफाई सम्बन्धि काम गरिरहेको वास जिल्ला संयोजक विनोद लुहारले बताए । अन्य स्थानिय तहमा पनि केही खानेपानीका योजनाहरु भइरहेका छन् ।

गुल्मीका १२ स्थानिय तहका ९३ वडामध्ये करिब ७० वडाका नागरिकहरु खानेपानीको सहज पहुँचमा छैनन् । जिल्लाका रेसुंगा र मुसिकोट नगरपालिकासहित इस्मा, मदाने, मालिका, गुल्मी दरबार, छत्रकोट र रुरु गाउँपालिकाका अधिकांश गाउँमा खानेपानीको समस्या रहेको छ ।

 

  •  
    4
    Shares
  • 4
  •  
  •  
  •  

तपाइको मत