३ जेठ ०७५, काठमाडौं । नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले नेपाल प्राकृतिक रुपमा अत्यन्त सुन्दर देश रहेको बताएका छन् ।
चारवर्षे कार्यकाल सकेर स्वदेश फर्कन लागेका जापानी राजदूत मागावोले बिहीबार उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँगको विदाइ भेटमा यस्तो बताएका हुन् ।
उनले भेटवार्ताका क्रममा आफू २२ मे मा स्वदेश फर्कने र नयाँ राजदूत मे २७ मा काठमाडौं आइपुग्ने जानकारी दिँदै नेपालको सुन्दरताको जति वर्णन गरे पनि पूरा नहुने बताए ।
जापान–नेपाल सम्बन्ध प्रगाढ रहेको भन्दै राजदूत ओगावाले नेपाली जनता अत्यन्त सहयोगी रहेको र नेपाली नेता, नेपाली जनताको साथ सहयोगले आफ्नो कार्यकाल सफल भएको बताए ।
नेपाल राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको दिशामा अगाडि बढिरहेको भन्दै उपराष्ट्रपति पुनले नेपालको समृद्धिमा जापानको सहयोग रहनुपर्ने बताए ।
विदाइ भेटका क्रममा उपराष्ट्रपति पुनले दाजदूत ओगावालाई ढाकाटोपी लगाएर बिदाइ गरे ।
- 7Shares
7