१३ जेठ ०७५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई दिएको समर्थन फिर्ता लिएको छ ।
आइतबार बसेको प्रदेश सभाको बैठकमा सबैभन्दा ठुलो दल नेकपाले राउतलाई दिइएको समर्थन फिर्ता लिएको जानकारी दिएको हो
बैठकमा नेकपाका सांसदद्धय सत्यनारायण मण्डल र रामचन्द्र मण्डलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा मुख्यमन्त्री राउतले विवादित भाषण दिएकाले नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको संसदलाई जानकारी गराए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ३० गते संसदमा बोल्दै जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा राष्ट्रिय मर्यादा र कुटनीतिक मर्यादा विपरीतको अभिव्यक्ति आएको बताएका थिए ।
जेठ ६ गतको मन्त्रिपरिषद्को बैठकले ‘जनरल कन्भेन्सनल अफ मधेसी एसोसियसन इन अमेरिका’ भन्ने एनजिओको निम्तामा मुख्यमन्त्री राउतलाई अमेरिका पठाउन प्रदेश २ को मन्त्रिपरिषदबाट आएको प्रस्ताव अस्वीकार गरेको थियो ।
केन्द्र सरकारले अमेरिका जानबाट रोक लगाएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरबाट भिडियो कन्फरेन्समार्फत त्यहाँ रहेका मधेशी समूदायलाई सम्बोधन गरेका छन् ।
- 1Share
1