सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँसम्म ऋण दिने

१६ जेठ ०७५, काठमाडौं । सरकारले उच्च शिक्षा अध्ययन गरेका युवाहरुलाई ७ लाख रुपैयाँसम्म ऋण दिने भएको छ ।

मंगलवार व्यवस्थापिका संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै उच्च शिक्षा अध्ययन गरेका युवाका शैक्षिक प्रमाण पत्र धितोमा राखि ७ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइने बताएका हुन् ।

अर्थमन्त्री डा. खतिवडाले  बेरोजगारलाई स्वरोजगार बनाउन र पढ्नका लागि विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर  पाँच प्रतिशत व्याजमा रु सात लाखसम्म  ऋण उपलब्ध गराउने घोषणा गरेका हुन् ।

विद्यार्थी संगठनले विगत एक वर्षदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिनका लागि माग गर्दै आएका थिए ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत