२५ हजार घुससहित मालपोत कार्यालयका दुई कर्मचारी पक्राउ

१७ जेठ ०७५, काठमाडौं । जिल्ला मालपोत कार्यालय चितवनका दुई कर्मचारी घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले मालपोत कार्यालयका साहायक  शंकरप्रसाद धिताललाई २५ हजार घुससहित रंगे हात पक्राउ परेका हुन् । धितालसँग मिलेको आरोपमा मालपोत कार्यालयका नायब सुब्बा मनोज निरौलालाई पनि अख्तियारको टोलीले पक्राउ गरेको छ ।

धितालले भरतपुर महानगर ९ स्थित थोरै क्षेत्रफल भएको जग्गालाई नक्सामा धेरै देखिने गरी पुर्जा बनाइदिने भन्दै पैसा लिएपछि रंगे हात पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका हेटौंडाका प्रहरी निरीक्षक महादेव पौडेलले नक्सामा जग्गा धेरै बनाउछु भन्दै पैसा लिदै गर्दा धिताललाई रंगेहात समातेको बताए ।  दुबैजनालाई प्रारम्भिक बयानपछि मचुल्का उठाएर  हेटौंडा लगिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत