रजमानको अवसरमा दिनहुँ दिन दुःखीलाई नि:शुल्क भोजन वितरण

२० जेठ ०७५, राजविराज । ईस्लाम धर्मावलम्विहरुको पवित्र महिना रजमानको अवसरमा मुस्लिम संस्थाले गरिव, असहाय, वृद्धवृद्धा, एकल महिला, अपांग परिवारलाई दिनहुँ मिष्ठान भोजन खुवाउने गरेका छन् ।

नेपाल मुस्लिम वेलफेयर एजुकेशनल सोसाईटीको आयोजना र नेपाल स्थित युएई राजदुतावासको आर्थिक सहयोगमा उनीहरुको नि:शुल्क भोजनको ब्यवस्था मिलाईएको हो ।

युएई राजदुतावासको आर्थिक सहयोगमा एक महिनासम्म मनाइने रजमानमा जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकामा निरन्ततर  नि:शुल्क भोजनको ब्यवस्था मिलाईएको आयोजक संस्थाका महासचिव इर्साद अन्सारीले वताए ।

छिन्नमस्ता, कृष्णसवरण गाउँपालिका र राजविराज नगरपालिकाको २ वटा वडामा गरी शनिवारसम्ममा एक हजार ८ सय ५२ जना गरिव असहायलाई भोजन खुवाईसकिएको र वाँकी रहेका स्थानीय तहमा पनि सो कार्य अघि बढेको महासचिव अन्सारीले जानकारी दिए ।

एक महिनासम्म चल्ने रमजान पर्वमा गरिव असहायलाई जति सहयोग गर्यो उति फाईदा र पुन्य हुने मान्यताका साथ उनीहरुलाई खुवाउने चलन गतवर्षदेखि संस्थाद्दारा थालिएको अन्सारीले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत