फोटो पत्रकार क्लबद्वारा फोटो प्रतियोगिताको घोषणा

२३ जेठ ०७५, काठमाडौं । फोटो पत्रकार क्लबले ग्लोबल आइएमई बैंक र आइएमई सँगको सहकार्यमा छैटौँ संस्करणको फोटो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको छ ।

बधुबार  नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको हो । सात विधामा प्रतिस्पर्धा गराइने उक्त प्रतियोगितामा व्यावसायिक र सौखिन सबैखाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन पाउनेछन् ।

बुधबारबाटै सुरु भएको दर्ता प्रक्रिया असार ६ गते मध्यरातमा बन्द हुने क्लबले जनाएको छ । प्रतियोगितामा न्यूज फोटो, डेली लाइफ, कल्चर एण्ड टुरिजम, नेचर एण्ड वाइल्डलाइफ, स्माइल, स्पोर्टस र फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा हुनेछन् ।

५ लाख २० हजार रुपैयाँ कुल पुरस्कार राशी रहेको प्रतियोगिताको मुख्य विधा आइएमई–ग्लोबल आइएमई बैंक फोटो अफ दी इयरको विजेताले १ लाख रुपैयाँ पाउनेछन् भने अन्य सबै सात विधाका विजेताले जनही ३० हजार, उपविजेताले जनही २० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने छन् ।

प्रत्येक विधामा प्रतियोगीले बढीमा ३ वटा फोटो, फोटो स्टोरीमा बढीमा २ वटा स्टोरी र प्रत्येक स्टोरीमा ४ देखि १२ वटासम्म फोटो दर्ता गर्न पाउनेछन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत