सप्तरीबाट नवनिर्वाचित जनप्रतनिधिलाई काँग्रेसको बधाई

२६ जेठ ०७५, राजविराज ।  सप्तरी जिल्लाबाट काँग्रेसका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएको छ ।

शनिबार नेपाली काँग्रेस सप्तरीले राजविराजमा कार्यक्रमको आयोजना गरी सप्तरी जिल्लाबाट स्थानिय तह, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभामा पार्टीको तर्फबाट उम्मेदबार भई निर्वाचित सांसद, प्रदेशसभा सदस्य, प्रमुख, उपप्रमुख लगायत वडा अध्यक्षहरुलाई बधाई तथा शुभकामना दिएको हो ।

स्थानीय तहको निर्वाचनमा काँग्रेसले जिल्लाको १८ मध्ये  स्थानीय तहमा ५ स्थानमा जीतेको छ भने  प्रत्यक्षतर्फ प्रतिनिधि सभा र प्रदेश सभामा १/१ स्थानमा जितेको छ ।

सभापति दिनेश यादवले कार्यक्रममा निर्वाचितलाई बधाई तथा शुभकामना दिँदै  कुनै गुट उपगुटमा नलागि विकास निर्माण र पार्टी सुदृढिकरणमा आफ्नो उर्जा लगाउन आग्रह गरे ।

उनले कुनै बेला काँग्रेसको गढ मानिएको सप्तरी जिल्लामा काँग्रेस पछाडि परेकोमा चिन्ता व्यक्त गर्दै गुट, उपगुट र अन्र्तघात कै कारण निर्वाचनमा पार्टीले उत्साहजनक परिणाम ल्याउन नसकेको बताउँदै पार्टीको नीति, निर्णय, अनुशासन र सिद्धान्त बाहिर गएर जथाभावी गर्ने छुट अब कसैलाई नरहने बताए ।

कार्यक्रममा काँग्रेस सप्तरीका सचिव शत्रुधन यादव, नगर सभापति शम्भुलाल देव, क्षेत्रीय सभापति महानन्द यादव, महासमिति सदस्य प्रदीप यादव, मेयर मुक्तिनाथ चौधरी, उपमेयर निरु पोखरेल, गाउँपालिका अध्यक्ष लिलाम्बर यादव, परशुराम चौधरी, परमानन्द यादव, ट्रेड युनियन काँग्रेस अध्यक्ष मनोज मण्डललगायतले निर्वाचन परिणामबाट पाठ सिक्दै अब पार्टीलाई विधि र विधान अनुसार एकताबद्ध भई अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत