ड्युटी मै गरे अर्सइले आत्महत्या

२७ जेठ ०७५, काठमाडौं । काठमाडौंस्थित  इजरायल राजदूतावासमा ड्युटी गर्ने नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक(अर्सइ) अनुपराज थापाले आत्महत्या गरेका छन् ।

आइतबार बिहान ११ बजतिर ड्युटीमा रहेका असई थापाले आफैंले बोकेको पेस्तोलले आफैंलाई गोली हानी आत्महत्या गरेका हुन् ।

भक्तपुर घर भएका थापा नेपाल प्रहरीको पहरागणबाट इजरायली राजदूतावासमा ड्युटीमा खटिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

उनले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर टेकु का प्रमुख विश्वराज पोखरेलले बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत