राष्ट्रिय सभाको नियमावली पारित

२७ जेठ ०७५, काठमाडौं । राष्ट्रिय सभाको  बैठकले राष्ट्रिय सभा नियमावली पारित गरेको छ ।

आइतबार बसेको बैठकमा सांसद निलम्बन नहुने र पदावधि गोलाप्रथाबाट निर्धारण हुने  सहमति भएपछि नियमावली पारित गरेको हो ।नियमावली पारितसँगै एक पटकका लागि राष्ट्रिय सभाका सदस्यको पदावधि गोलाप्रथाबाट निर्धारण हुने भएको छ ।

एक तिहाई सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ । गोलाप्रथाबाट १९ जना सदस्यको पदावधि दुई वर्ष, अर्को २० जनाको चार वर्ष र बाँकी २० जना सदस्यको पदावधि ६ वर्ष कायम हुनेछ ।

संसद्‍ सचिवालयका अनुसार नियमावली पारित भएकोले पाँच दिनको समय राखेर गोलाप्रथा हुने दिनको जानकारी सदस्यहरुलाई दिन लागेको छ। सचिवायलले असार ४ गते राष्ट्रिय सभाका सदस्यको कार्यकालसम्बन्धी गोलाप्रथा गर्ने तयारी गरेको छ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत