प्रमुख निर्वाचन आयुक्त आफ्नै गृह जिल्लामा बहिष्कृत

२८ जेठ ०७५, राजविराज । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव आफ्नै गृह जिल्लामा सञ्चारकर्मीहरुबाट बहिष्कृत भएका छन् ।
सोमवार निर्वाचन आयोगले राजविराजमा आयोजना गरेको निर्वाचन कानुन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागी हुन आएका यादवको कार्यक्रम सञ्चारकर्मीहरुले बहिष्कार गरेका हुन् ।

कार्यक्रममा प्रमुख राजनीतिक दल, सञ्चारकर्मी, मानव अधिकारकर्मी, नागरिक समाज, कानुन व्यवसायीहरुलाई गरिएको उपेक्षाप्रति प्रमुख आयुक्तलाई ध्यानाकर्षण गराउँदा उनी गैरजिम्मेवार रुपमा प्रस्तुत भएपछि सञ्चारकर्मीहरुले कार्यक्रम बहिष्कार गरेका हुन् । .

प्रमुख निर्वाचन आयुक्तको उपस्थितिमा यसअघि हुने कार्यक्रमहरुमा यादवकै विशेष निर्देशनमा निर्वाचन कार्यालयले सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति हुनेमा यो पटक पाँच जना सञ्चारकर्मीलाई मात्र सहभागिता गराउन नेपाल पत्रकार महासंघ शाखा सप्तरीलाई आयोगले निर्देशन दिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख दिलिप यादवले बताए ।

कार्यक्रममा जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगाना, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सप्तरीका प्रहरी प्रमुख मुकेशकुमार सिंह, राष्ट्रिय अनुसन्धान कार्यालयका उप–निर्देशक देवराज लिम्बु र सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयका प्रमुखको उपस्थिति रहेको थियो । तर प्रमुख राजनीतिक दलका कुनै पनि पार्टी सहभागिता थिएन् ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत