कर्णाली प्रदेशको २८ अर्बको बजेट सार्वजनिक

१ असार ०७५, काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि २८ अर्बको बजेट सार्वजनिक गरेको छ ।

शुक्रवार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश संसदमा २८ अर्ब २८ करोड २८ लाख २८ हजार बजेट संसदमा प्रस्तुत गरेका हुन् ।

जसअन्तर्गत पुँजीगततर्फ २१ अर्ब २४ करोड ४३ लाख रहेको छ । यस्तै चालुतर्फ ६ अर्ब ६३ करोड ८४ लाख ८५ हजार विनियोजन गरिएको हो ।

यस्तै प्रदेश सरकारले वित्तिय व्यवस्थापनतर्फ ४० करोड रुपैयाँ विनियोजन गरेका आर्थिक मन्त्री ज्वालाले बताए । उनका अनुसार प्रदेश सरकारलाई विषेश अनुदानबाट पाँच अर्ब प्राप्त हुने अनुमान गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत