निर्माणाधिन बाँधमा पहिरो खस्दा ५ जना बेपत्ता

२ असार ०७५, संखुवासभा । अरुण तेस्रो परियोजनाको बाँध निर्माणस्थलमा पहिरो खस्दा पाँचजना बेपत्ता भएका छन् ।

मकालु गाउपालिका वडा नम्बर ५ को फ्याक्सिन्दा दोभानमा परियोजनाको बाँध निर्माण स्थलमा सुरुङ निर्माणको क्रममा उत्तरतर्फको पहाड खस्दा पुरिएर पाँच जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा जुम्ला चन्द्र नगरपालीका १ का ४४ वर्षिय प्रेम परियार,  कालिकोटका कामदारहरू ३२ वर्षिय प्रदीप शाही, भारत झारखण्डका अपरेटर ५५ वर्षिय बुधन मुण्डा र भारत विहारका इलेक्ट्रिसियन ४५ वर्षिय नन्द किशोर रहेका छन् । अर्का एकजनाको नाम भने  खुलेको छैन ।

शुक्रबार राति करिब ८: ४० बजे पहिरो खस्दा उनीहरु बेपत्ता भएको संखुवासभा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सरुङमा कति कामदार थिए अझै यकिन हुन सकेको छैन। अहिले ४ वटा स्काभेटरले उद्धारकार्य जारी राखेको तर पहिरो खस्ने क्रम जारी रहेकोले उद्धरमा समस्या परेको प्रहरीले जनाएको छ ।

उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी लागिरहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत