नेपाल ट्रेड युनियन कांग्रेसमा सिटौला र पौडेल पक्षका पुष्कर आचार्यको प्यानल नै विजयी

२ असार ०७५, काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनबाट अध्यक्ष उमेदवार पुष्कर आचार्यको प्यानल नै विजयी भएको छ ।

शनिबार सम्पन्न मतगणनामा कृष्णप्रसाद सिटौला र रामचन्द्र पौडेल पक्षका आचार्यको प्यानल नै विजयी भएको हो ।

आचार्यले ८ सय १८ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी ट्रेड युनियन कांग्रेसका निवर्तमान अध्यक्ष खिलानाथ दाहालले ५ सय ३३ मत ल्याएका थिए ।

यस्तै वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव, उपाध्यक्ष (खुला)मा तेजेन्द्रजंग कार्की र अजयकुमार राई, उपाध्यक्ष (महिला)मा इन्दिरा सापकोटा, उपाध्यक्ष (सेवा)मा नेत्रविक्रम थापा, उपाध्यक्ष (उत्पादन)मा ललित श्रेष्ठ, उपाध्यक्ष (अनौपचारिक) आशासिंह राठौर र महासचिवमा योगेन्द्रकुमार कुँवर निर्वाचित भएका छन् ।

यसैगरी, उपमहासचिव (खुला) मा गणेशबहादुर केसी, ज्योति कोइराला, उपमहासचिव (महिला)मा राधिका कुँइकेल, उपमहासचिव (सेवा)मा सीताराम अवस्थी, उपमहासचिव (अनौपचारिक) माराजेश पालिखे, उपमहासचिव (उत्पादन) ईश्वरबहादुर परियार, कोषाध्यक्ष मोहनकुमार बस्नेत र सहकोषाध्यक्ष सुशीला घिमिरे निर्वाचित भएका छन् ।

दाहाल र आचार्य दुई समूह बनाएर भएको निर्वाचनमा एक सदस्यबाहेक सबै आचार्य समूहका उम्मेदवारले जितेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका दाहालको प्यानलबाट खुल्ला सदस्य धु्रवचन्द्र गौतममात्र विजयी भएका छन् ।

एक हजार ४ सय २० मतदाता रहेको ट्रेड युनियन कांग्रेसमा एक हजार ३ सय ९८ मत खसेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत