जेसीबी डोजर बोकेको ट्रक कोशी ब्यारेजमा खस्दा २ को मृत्यु ७ घाइते

६ असार ०७५, सुनसरी ।  जेसीबी डोजर बोकेको ट्रक सुनसरीस्थित कोशी ब्यारेजको पुलमा ठोक्किएर नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ४ ख ३५६ नम्बरको ट्रक ब्यारेजको २० र २१ नम्बर ढोकामा ठाक्किएर नदीमा खसेको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा डोजर चालक बराहा नगरपालिका-१ का बिनोद बराइली र ट्रक चालक सुनसरी रामधुनी नगरपालिका-१ झुम्का बस्ने ४५ वर्षीय घनश्याम चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख उपरीक्षक राजन अधिकारीले बताए ।

प्रमुख उपरीक्षक  अधिकारीले  सुन्दरहरैचा मोरङका कृष्ण चौधरी, झापाका सन्तोष अधिकारी, मकवानपुर हेटौडाका आइतसिंह पर्जा, सुनसरीका मणिराज विश्वकर्मा, उदयपुरका हरि मगर, विराटनगरका शुक्रराज लामा र रामकुमार मण्डलको उद्दार गरिएको बताए ।

घाइते मध्ये ३ जनालाई थप उपचारका लागि बिराटनगरस्थित बिराट नर्सिङ होम लगिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत