‘कलेज हेण्डसम’ प्रतियोगिता हुने, आवेदन खुल्ला

७ असार ०७५, काठमाडौं ।   देशैभरिका कलेजमा अध्ययनरत १७ वर्ष देखि २४ वर्ष सम्मका युवाहरुलाई लक्षित गरी ‘कलेज हेण्डसम’ प्रतियोगिता हुने भएको छ ।

नेपाल अधिराज्यभर रहेका कलेजमा अध्ययनरत युवाहरुमा केन्दित गरी सिजन मिडिया प्रा.लि.ले ‘मिस्टर हेन्डसम’ प्रतियोगिताको आयोजना गर्ने लागेको हो ।

युवाहरुलाई मध्य नजर राखी उनीहरुको व्यक्तित्व विकास साथै उच्च शिक्षाको अध्ययनमा सहयोग पुग्नुको साथै सही मार्ग निर्देशनको भुमीका खेल्न सकोस भन्ने अभिप्रायले कार्यक्रम गर्न लागिएको सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले बताए ।

प्रतियोगितामा उपत्यका र उपत्यका बाहिरबाट जम्मा ३० प्रतियोगी सहभागी हुनेछन् । प्रतियोगीताको लागि फारम पनि खुल्ला गरिएको छ ।

पहिलो चरणको छनोट आगामी भदौं महिनामा हुनेछ । पहिलो चरणको छनोट प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा पौडी, शारारीक फिटनेश, जुम्वा, एरोविक्स, जिम, वन्जी जम्प, ¥याफ्टीङ फोटो सेसन व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइनेछ ।

त्यस्तै,  प्रतियोगीहरुलाई व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, स्टेज प्रर्फमेन्स, मिडिया सम्वन्धी जानकारी, ट्राफिक नियम सम्वन्धी जानकारी साथै सामाजिक सेवा अन्तर्गत माइती नेपाल वाल आश्रम, वृद्धा आश्रम आदि मिडिया भिजिट , कल्चरल भिजीट र हस्पटालिटी सम्वन्धि जानकारी, बागमती सफाई कायक्रममा सहभागी, रक्तदान कार्यक्रम सन्चालन गर्ने तथा विभिन्न सामाजिक संघसस्थाको भ्रमण साथै अन्य विभिन्न आन्तरिक प्रतियोगितातात्मक कार्यक्रमहरुमा पनि समावेश गरिनेछ ।

प्रतियोगिताका विजेताले ‘कलेज हेण्डसम’ को उपाधिसहित उच्च शिक्षाको लागि छात्रावृत्ति, उत्कृष्ट तीन विजेताले थाइल्याड भ्रमणको टिकट, मोवाइलफोन, अस्टेलिया अध्ययनको लागि छात्रावृत्ति, निशुल्क टोफल, आएल्स, म्यूजिक भिडयो तथा मोडलिङ विधामा सहयोग गरिनेछ भने अन्य विभिन्न गिफ्टहयाम्पर पाउने छन । अन्य विभिन्न १५ विधामा पनि विजेता छनौट गरिनेछ ।

सिजन मिडिया प्रा.लि.ले  मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस्, एसएलसी (अहिले एसईई) प्रिन्सेस्, मिस टिन कलेज कार्यक्रमको निरन्तरता दिँदै आएको छ ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत