रोल्पामा पहिरोले घर पुरिँदा नवजात शिशुसहित तीन जनाको मृत्यु

१८ असार ०७५, रोल्पा । देशभर भइरहेको अविरल वर्षाका कारण पर्खाल भत्किदा रोल्पामा एक नवजात शिशुसहित तीन जनाको मृत्यु भएको छ ।

सोमबार दक्षिण रोल्पाको रुन्टीगढी गाउँपालिका–५ सैबाङमा वर्षापछि घरमाथिबाट आएको पहिरोले राजकुमार विकको कच्ची घर भत्किदा तीन जनाको मृत्यु भएको हो ।
हो ।

पहिरोले परिएर राजकुमारका २२ वर्षीय श्रीमती कमला विक, १८ दिने छोरी आयुषा र उनीहरुका छिमेकीका १५ वर्षीया छोरी चित्रा विकको मृत्यु भएको हो ।

उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुदर्शन पन्थीले उद्धारपछि उपचार हुनु अघि नै तीन जनाको ज्यान गएको बताए ।

कमलाका श्रीमान राजकुमार वैदेशिक रोजगारीको क्रममा खाडी मुलुक गएका छन् ।

पहिरोका कारण छिमेकीको अर्को घर पनि जोखिममा परेको छ  भने ग्रामीण क्षेत्रका कच्ची सडक भत्किएका छन् । प्रहरीले भारी वर्षातका कारण ग्रामीण भेगमा यातायात आवागमनमा अवरोध भएको जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत