स्थानीयले फुटाए गण्डक नहर

१९ असार ०७५, सुस्ता । पश्चिम नवलपरासी भएर बग्ने भारतीय मुख्य पश्चिमी गण्डक नहर स्थानीयले फुटाएका छन।

मंगलबार बिहान सुस्ता गाउँपालिका २ गुदरियाका स्थानीयले गण्डक नहरको पानी निकासको व्यवस्था नहुँदा लक्ष्मीपुरमा लगाएको दुई सय बढी बिगाहा धानबाली डुबानमा परेको भन्दै नहर फुटाएका हुन् । नहरको बाँध भत्काएर बस्तीको पानी नहरमा हालिएको छ ।

प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भारतीय पक्षले खेतको पानी निकासका लागि राखेको ह्युम पाइप नहर भन्दामाथि भएकाले निकास हुन नसक्दा डुबान भएको बताए ।

नहर फुटाएपछि स्थानीय जनप्रतिनिधि र गण्डक सिंचाई व्यवस्थापन डिभिजन समेरिका प्राविधिसहितको टोलीले निरीक्षण गरेको छ ।डिभिजन कार्यालयका प्रमुख इन्जिनियर टीकाराम बरालले नहर फुटाएको बारे भारतीय पक्षलाई जानकारी गराइसकेका छन । उनले तत्काल समस्या समाधानका लागि स्थानीयले पानीको निकास मात्र गरेको भन्दै समस्या समाधान चाँडै हुने विश्वास व्यक्त गरे ।

पानी निकासका लागि बनाइएका साइफनमर्मत र सफाई नगर्दा गतवर्ष समेत धानबाली डुबानमा परेको थियो । गतवर्ष पनि नहरका कारण डुबानमा परेको भन्दै रुपौलियाका स्थानीयले बाँध फुटाएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत