गृहमन्त्री थापा र युएनएचसीआर प्रतिनिधि हालेपोताबीच भेटवार्ता

२१ असार ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ र संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (युएनएचसीआर)को नेपालस्थित कार्यालयका प्रतिनिधि बुश्रा हालेपोताले शिष्टाचार भेटवार्ता भएको छ ।

बिहीबार गृहमन्त्रालयमा भएको भेटमा नेपालमा रहेको भुटानी शरणार्थी, तिब्बती शरणार्थीको विषयमा केन्द्रीत रहेर छलफल भएको थियो ।

गृहमन्त्री थापाले शरणार्थीहरुको पुनर्वास, पुर्नस्थापना र व्यवस्थापनमा युएनएचसीआरले खेल्दै आएको भूमिकाप्रति धन्यवाद व्यक्त गर्दै शरणार्थीहरुलाई नेपाल सरकारले सामाजिक अधिकारहरुमा पुर्ण रुपमा सहयोग गरी उनीहरुको सामाजिकिकरणका लागि आवश्यक सहयोग गर्दै आएको बताए ।

भेटमा युएनएचसीआरका प्रतिनिधि हालेपोताले नेपालमा रहेका तिब्बती शरणार्थीको दर्ता तथा नविकरण लामो समयदेखि रोकिएकोले त्यो तत्कालै सुरु गर्नपर्ने, बाँकी रहेका भुटानी शरणार्थीहरुको स्वेदश फिर्ता गर्ने वा तेस्रो मुलुक पुर्नवास वा नेपालमै पुनस्र्थापन के गर्ने भन्ने विषयमा छलफल अघि बढाउन गृहमन्त्रीसँग आग्रह गरेका थिए ।

गृहमन्त्री थापाले त्यसबारे छलफल गर्न नेपाल सरकार सकारात्मक रहेको र बाँकी रहेका भुटानी शरणार्थीहरुको नेपालमा पुर्नस्थापना भन्दा उनीहरुलाई स्वदेश फर्काउने विषयलाई पहिलो प्राथमिकता राख्दै तेस्रो मुलुकमा पुनर्वासलाई समेत खुला राख्नुपर्ने बताए ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत