सशस्त्र प्रहरीका ५ एआईजीले दिए राजीनामा

२१ असार ०७५, काठमाडौं । सशस्त्र प्रहरी बलका पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ले राजीनामा दिएका छन् ।

विहीबार सरकारले घटुवा गर्ने निर्णय गरेको २४ घण्टा नवित्दै उनीहरुले एआईजीकै हैसियतमा प्रहरी महानिरीक्षक शैलैन्द्र खनाललाई राजीनामा पत्र बुझाएका हुन् ।

प्रहरी महानिरीक्षक खनालले सो राजीनामा गृह मन्त्रालयका निमित्त सचिव एवं प्रवक्ता रामकृष्ण सुवेदीलाई बुझाएका छन् ।

बुधबारको मन्त्रिपरिषद् बैठकले २०७४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आचार संहिता लागु भएपछि गरेका निर्णय खारेजीको निर्णय गरेको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ०७४ माघ १५ गते सशस्त्रका तत्कालीन डीआईजी जानकीराज भट्टराई, सुबोधकुमार अधिकारी, निराकारमविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठलाई एआईजीमा बढुवा गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत