अनसनरत डा. केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन

२३ असार ०७५, काठमाडौं । जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनमा सहभागीहरुले ओली सरकारको मिसन सिटामोलमा कमिसन, माफियामुखी चिकित्सा ऐन चाहिँदैन, नखाउञ्जेल खाउँखाउँ लाग्ने, खाएपछि गुण तिर्ने हतारो के हो ? मार्सी चामलको भात ?जस्ता नारा लेखिएका कागजका टोपी लगाउनुका साथै ।विभिन्न प्ले कार्ड बोकेर डा.केसीका समर्थकहरु प्रदर्शनमा उत्रिएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत