बार एसोसियसनको अध्यक्षमा अधिकारी निर्वाचित

२४ असार ०७५, काठमाडौं । बार एसोसियसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् ।

शनिबार  सम्पन्न मतपरिणामअनुसार अधिकारीले ३०३ मत ल्याई सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा निर्वाचिच भएका हुन् । निकटतम् प्रतिस्पर्धी दामोदर खड्काले २४३ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा राजु खड्का, सचिवमा शुभनराज आचार्य, सहसचिवमा पूर्णिमा रिमाल गुरागाईं र कोषाध्यक्ष सरोजकृष्ण घिमिरे निर्वाचित भएका छन् ।त्यसैगरी, महिला सदस्यमा किरणकुमारी गुप्ता, सदस्यमा राजु आचार्य, राजाराम उपाध्यय, पुष्पराज पौडेल, दीपेन्द्रकुमार राई, रमेश महर्जन, भुवनप्रसाद काफ्ले, कल्याण पोखरेल र सन्तोषकुमार महतो निर्वचित भएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत