भानुजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

२९ असार ०७५, काठमाडौं । आज विभिन्न कार्यक्रम गरी भानुभक्त आचार्यको २०५औं जन्मजयन्ती मनाइँदै छ ।

काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिएको भानु प्रतिष्ठानका अध्यक्ष डा. ब्रतराज आचार्यले बताए ।

उनकाअनुसार भानु जयन्तीको अवसरमा काठमाडौंमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको छ ।

नेपालीभाषी रहेका विदेशी भूमि दार्जिलिङ र सिक्किममा पनि आदिकवि भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाइन्छ ।

वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा नेपाली भाषा, साहित्य, धर्म, दर्शनको बीजारोपण गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत