कक्षा १२ को परीक्षाफल बुधबार सार्वजनिक गरिने

१५ साउन ०७५, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ ।

मंगलबार नै सबै संकायको नतिजा एकै पटक नतिजा प्रकाशित गर्ने तयारी गरे पनि प्राविधिक त्रुटि देखिएको भन्दै बोर्डले भोलि बुधबार नतिजा सार्वजनिक गर्न लागेको हो ।

यसअघि पहिलो चरणमा विज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएकोमा यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्न लागेको बोर्डले जनाएको छ ।

सबै संकायको एकै पटक नतिजा निकाल्न लागेको यो पहिलो पटक हो । यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत