लागू औषधसहित दुई जना पक्राउ

१५ साउन ०७५, काठमाडौं । लागू औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सोमबार महानगरीय प्रहरी वृत जनसेवाबाट खटिएको प्रहरी टोलीले प्रेस लेखिएको ज ७ प १४०४ नम्बरको मोटरसाइकमा सवार धनुषाको गणेशमानचारथान नगरपालिका–४ घर भई सिनामंल बस्ने ३१ वर्षीय राजकुमार चौधरीलाई पक्राउ गरेको हो ।

लागू औषध किनबेच हुन लागेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले लागू औषध किन्न आउने सेवनकर्ता काठमाडौं वसन्तपुरका ३२ वर्षीय मोहम्द शाही र बेच्ने चौधरीलाई पक्राउ गरेको हो ।

चौधरीले सीमा क्षेत्रबाट काठमाडौं आउने गाडीमा लागू औषध ल्याउने गरेको र कसैले थाहा नपाओस भनेर प्रेस लेखेको मोटरसाइकलमा राखेर घुमी घुमी बेच्ने गरेको जनाएको छ ।

चौधरीको साथबाट २५ हजार नगद, सामसुङ मोबाइल २ वटा, ४ लाख १ हजार आइएमीमा जम्मा गरेको भौचर, औषधी कोडिन फोस्फाटेस ३५ बोतल, स्पोस्पोक्रम २ ट्याब्लेट र इन्ट्रानेट २१ ट्याबलेट बरामद गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत