क्यानसर रोग विरुद्घ सचेतना कार्यक्रमको आयोजना

१९ साउन ०७५, राजविराज । बढदो क्यानसर रोग न्यूनिकरणका लागि डाक्नेश्वरी नगरपालिकाले जनचेतना कार्यक्रम सुरु गरेको छ ।

भरतपुर क्यान्सर अस्पताल, नेपाल अर्बुद सामाज र डाक्नेश्वरी नगरपालिकाको संयुक्त आयोजनामा क्यानसर विरुद्घको सचेतना अभियान थालिएको हो ।

विकास निर्माण सँगसँगै जनस्वाथ्यलाई समेत प्राथमिकतामा राखि क्यानसर रोग विरुद्घ सचेतना कार्यक्रम चलाईएको मेयर शिव नारायण साहले जानकारी दिए ।

क्यान्सर रोगबाट बच्न र बचाउन सचेतनाका आयोजना गरिएको कार्यक्रममा भरतपुर क्यानसर अस्पतलाका डा. अजय झा नेतृत्वको टोलीले उपचार सेवा र आवश्यक जानकारी प्रदान गर्ने कार्यक्रम रहेको डाक्नेश्वरी नगरपालिकाका कार्यकारी अधिकृत मिलन दाहालले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत