संघीयतालाई बाईसे, चौबिसे जस्तो अलोकप्रिय बनाउन खोज्ने प्रयास भईरहेको छ -‘प्रचण्ड’

२६ साउन ०७५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह, प्रदेश तथा केन्द्रले जनतालाई कर धेरै लगाउँदा संघीयता कार्यान्वयनमा अफ्ठ्यारो पर्ने बताएका छन् ।

शनिबार बिहाने भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय तह, प्रदेश तथा केन्द्रले जनतालाई कर उठाउने शैलीका कारण संघीयता कार्यान्वयनमा अफ्ठ्यारो पर्ने बताएका हुन् ।

सम्मेलनमा अध्यक्ष प्रचण्डले जनतालाई सेवा सुुविधा दिन र अधिकार सम्पन्न बनाउन तथा देश विकासका लागि स्थानीय, प्रादेशिक, संघीय सरकार बनाएको बताए ।

तर अहिलेको काम कारवाही हेर्दा व्यवसायी र जनताको पनि प्रश्न सुन्दा अर्कै हुन थालेको झैं लाग्छ, उनले भने, ‘अब स्थानीय कर, प्रादेशिक कर र केन्द्रीय कर भनेर करै कर थुपार्न तिर थालियो भने संघीयता कार्यन्वयनमा अप्ठ्यारो पर्छ ।’

करसँग सम्बन्धित मूल्य बृद्धिलाई सम्बोधन गर्न सरकार र पार्टी नेतृत्व गम्भिर भएर छलफल गरिरहेको बताउँदै उनले भने, ‘बाईसे, चौबिसे जस्तो बनाउने र अलोकप्रिय बनाउन खोज्ने प्रयास भईरहेको छ ।’

स्थानीय तहहरुमा बृद्धि गरिएको कर र विभिन्न शुल्कका कारण देशमा पृथ्वी नारायण शाहको बेलामा जस्तो जतासुकै कर तिर्नुपर्ने बस्तुगत वातावरण बन्यो भनेर विश्लेषण गरिरहेको उनले बताए ।

त्यस्तै, अध्यक्ष प्रचण्डले आवश्यक कानुन निर्माण नहुँदा प्रादेशिक सरकारलाई जिम्मेवार बनाउन नसकिएको बताए । आवश्यक कतिपय ऐन कानुन बन्नै बाँकी रहेको र नयाँ राजनीतिक प्रयोग भएकाले पनि स्वभाविक रुपमा केही अफ्ठ्यारा भएको उनको भनाई थियो ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत