शिक्षक र विद्यार्थीको गतिविधि निगरानी गर्न लामु डाँडामा सीसी क्यामेरा !

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी ९ लोखिम कुरिमास्थित श्री लामु डाँडा आधारभूत बिद्यालयमा सीसी क्यामेरा जडान गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छिरिङ तेन्जिङ शेर्पाले अनुशासित, मर्यादित शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले विद्यालयमा सिसी क्यामेरा गरिएको जानकारी दिए ।

बिद्यालयको कार्यालयमा फोटो खिच्न सकिने गरी र मोबाईल नेटवर्किङ सुबिधा समेत भएको अत्याधुनिक क्यामेरा गरिएको शेर्पाले बताए ।

बिद्यालयको शिक्षालाई सुधार गर्न पहिलो चरणमा निगरानी बढाउन यो प्रविधिको प्रयोग गरिएको प्रधानाध्यापक पदम कुमार थुलुङ राईले बताए ।

प्रधानाध्यापक राईले विद्यालयको भौतिक पूर्वाधार विकासले मात्र शिक्षा सुधार हुन नसक्ने भन्दै विद्यालयको शैक्षिक वातावरणमा सुधार ल्याउन, शिक्षक र आगन्तुकहरु समेतलाई मार्यादित र अनुशासित बनाउन यस प्रविधिको निगरानीले सहयोग पुग्ने बताए ।

अध्यक्ष राईले क्यामेरा जडानपछि विद्यार्थीले गर्ने गतिविधि, शिक्षकको आउने र जाने कार्यको निगरानी
गर्न सकिने जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत