मिस टिन कलेज र कलेज हेन्डसमको अडिसन सम्पन्न

काठमाडौं । मिस टिन कलेज र कलेज हेन्डसमको अडिसन सम्पन्न भएको छ ।

सिजन मिडियाले आयोजना गरेको छैटौं मिस टिन कलेज र कलेज हेन्डसम कार्यक्रमको पहिलो अडिसन आज शनिबार सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष प्रदिपराज वन्तले काठमाडौंमा रहेर दश जोड दुईमा अध्ययनरत छात्र–छात्राहरु सहभागी उक्त अडिसनबाट २० जना मिस टिन र २० जना कलेज हेन्डसमका लागि छनौट गरिएको बताए ।

उनले प्रतियोगीहरुलाई भदौ ५ गतेबाट प्रशिक्षणमा सहभागी गराइने भन्दै प्रशिक्षणमा व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, स्टेज प्रफर्मेन्स, मिडिया सम्बन्धी जानकारी, ट्राफिक नियम सम्बन्धी जानकारी र सामाजिक सेवा अन्तर्गत बागमती सफाई कार्यक्रममा सहभागी गराइने बताए ।

बिजेता प्रतियोगीहरुले उच्चशिक्षाका लागि छात्रावृत्ति साथै थाइल्याण्ड भ्रमण, अष्ट्रेलिया अध्ययनका लागि छात्रावृत्ति, निःशुल्क टोफल आयल्स, म्यूजिक भिडियो र मोडलिङमा अवसर साथै विभिन्न गिफ्टहयाम्पर पाउने आयोजकले बताएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत