पूर्णचन्द्र थापा नेपाली सेनाको प्रधानसेनापति हुने पक्का भो !

३ भदौ ०७५, काठमाडौं । मन्त्रिपरिषद्को बैठकले पूर्णचन्द्र थापालाई नेपाली सेनाको प्रधानसेनापति बनाउने निर्णय गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रधानसेनापति बनाउने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले भदौ २४ गतेदेखि लागू हुने गरी थापा प्रधानसेनापति नियुक्त हुने जानकारी दिए ।

प्रधानसेनापति क्षेत्री साउन २३ गतेदेखि विदामा बसेपछि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थापा भदौ २३ गते राजेन्द्र क्षेत्रीको पदावधि सकिएसँगै प्रधानसेनापति हुनेछन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत