बिचौलियाको तह घटाउन कार्यदल गठन

५ भदौ ०७५, काठमाडौं । सरकारले तरकारीमा हुने बिचौलियाको तह घटाउन कार्यदल गठन गरेको छ ।

मंगलबार आपूर्तिमन्त्री मातृका यादव, काठमाडौ प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुख, वाणिज्य तथा आपूर्ति सचिव चन्द्र घिमिरे, आपूर्ति विभागका महानिर्देशक योगेन्द्र गौचन, कृषि मन्त्रालयका अधिकारीलगायतको छलफलमा कार्यदल गठन गर्ने निर्णय भएको हो ।

कार्यदलमा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा, काठमाडौं प्रमुख जिल्ला अधिकारी, प्रहरी, आपूर्ति विभागका महानिर्देशक योगेन्द्र गौचन र कृषि मन्त्रालयका अधिकारीहरु सदस्य रहनेछन् ।

आपूर्ति मन्त्री मातृका यादवले छलफलपछि बजारलाई कुनै पनि हालतमा छाडा छाड्नु नहुने निष्कर्षमा पुगेकाले कार्यदल गठन गरिएको र कार्यदलाई ५ दिनभित्र प्रतिवेदन पेस गर्न सुझाव दिएको बताए । उनले बजारमा गडबढ गर्नेलाई कानुनी दायरामा ल्याइने बताए ।

त्यस्तै, आपूर्ति विभागका महानिर्देशक योगेन्द्र गौचनले कार्यदलले बिचौलिया पहिचान गरी व्यवसायीलाई कानुनी फर्मको दायरामा ल्याउने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत