नेकपा प्रवक्ता प्रकाण्ड पुनः पक्राउ

७ भदौ ०७५, काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि रिहा भएका नेकपा प्रवक्ता प्रकाण्ड पुनः पक्राउ परेका छन् ।

बिहीबार प्रहरीले उनलाई सर्वोच्च अदालत परिसरबाट पक्राउ गरेको हो । प्रकाण्डलाई न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले सर्वोच्चको रजिष्ट्रारको रोहबरमा आजै छाड्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेशले छुट्नासाथ प्रकाण्डालाई पुनः तेस्रोपटक पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता (डिएसपी) मोहन थापाले जानकारी दिए ।

चन्दा आतंक मच्चाएको भन्दै साउन २२ गते पक्राउ परेका प्रकाण्डलाई गत भदौ १ गते सर्वोच्चले छाड्न आदेश दिएको थियो । तर, सर्वोच्चको आदेशमा छुटेका प्रकाण्डलाई सर्वोच्च अदालत परिसरबाट दोस्रोपटक पक्राउ गरेको थियो ।

सर्वोच्च अदालतको आदेशले बिहीबार साँझ रिहा भएका प्रकाण्डलाई जिल्ला प्रहरी कार्यालय, नुवाकोट लगिने प्रहरी स्रोतले जनाएको छ । नुवाकोटमा एनसेलको टावरमा आगजनी गरेको बारे प्रकाण्डविरुद्ध मुद्दा दर्ता भएको बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत