आमाको काखबाट अपहरणमा परेकी आठमहिने शिशुको हत्या

११ भदौ ०७५, महोत्तरी । खेलाउने बहानामा आमाको काखबाट अपहरणमा परेकी आठमहिने शिशुको हत्या भएको छ ।

औरही नगरपालिका–१ का सन्तोष चौधरीकी आठमहिने छोरी सोनालीको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ साढे ६ बजे खेलाउने बहानामा अपरिचित एक युवकले आमा इन्द्रेश चौधरीको काखमा रहेकी सोनालीलाई अपहरण गरेका थिए ।

सोमबार भंगाह नगरपालिका र औरही नगरपालिका १ को सिमानामो शिशुको शव नग्न अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए । टाउको र शरीरको विभिन्न भागमा चोटपटक देखिएकोले मृत्युको कारण पोष्टमार्टम पश्चात मात्र खुल्न सक्ने डीएसपी खड्काले बताए । शिशुको शवलाई पोष्टमार्टमको लागि महोत्तरी सदरमुकामको जलेश्वर अस्पताल पठाइएको छ ।

घटनामा भंगाहा नगरपालिका ६ जमुनियाका भरत साहको संलग्नता रहेको आशंकामा प्रहरीले उनको खोजी गरिरहेको छ । सीसीटिभी फुटेजमा साहले नै शिशुलाई बोकेर लगेको देखिएको प्रहरीको भनाइ छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत