बिमस्टेकमा भाग लिन विदेशी पाहुनाहरु आउने क्रम जारी

निता पुन/१३ भदौ ०७५, काठमाडौं । बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन विदेशी पाहुनाहरु नेपाल आउने क्रम जारी छ ।

भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक मंगलबार बिहान काठमाडौं आइपुगेका छन् ।

वाङचुकलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्र मन्त्रालयका उच्चअधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए ।

बिमस्टेकको चौथो शिखर सम्मेलन आगामी बिहीबार र शुक्रबार राजधानी काठमाडौं आयोजना हुँदैछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत