महिला हिंसा र बलत्कारका घटना न्युनिकरणका लागि विशेष योजना बनाउन आईजीपीलाई गृहमन्त्रीको निर्देशन

१४ भदौ ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महिला हिंसा र बलत्कारका घटनाको न्युनिकरण गर्नका लागि तत्कालै विशेष योजना बनाउन प्रहरीलाई निर्देशन दिएका छन् ।

बिहीबार गृहमन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई बोलाएर गृहमन्त्री थापाले महिला हिंसा र बलात्कारका घटनाको न्युनिकरण गर्नका लागि तत्कालै विशेष योजना बनाई  अघि बढ्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलत्कारका घटनाका समाचारले आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यस्ता घृणीत कार्य न्युनिकरणका लागि देशव्यापी रुपमा अभिभावक देखि बालबालिकासम्मलाई सचेतनामूलक कार्यक्रम र जागरण अभियान सञ्चालन गर्नुपर्ने बताए ।

गृहमन्त्री थापाले महिला हिंसा र बलत्कारका घटनामा मिलापत्र गराउन खोज्नु पनि अपराध भएको भन्दै कहीकतै त्यस्तो भएको भए उनीहरुलाई समेत कारवाहीको दायरामा ल्याउन प्रहरी महानिरीक्षकलाई निर्देशन दिए ।

गृहसचिव प्रेमकुमार राई समेत सहभागी सो छलफलमा गृहमन्त्री थापाले कञ्चनपुरको बालिका मृत्यु घटनाको सत्य, तथ्य बाहिर ल्याउनका लागि गठित छानविन समितिलाई सहयोग पुग्नेगरी सबैपक्षले काम गर्नुपर्ने बताए ।

  •  
    8
    Shares
  • 8
  •  
  •  
  •  

तपाइको मत