यातायात व्यवसायीले दिएको उजुरी उपर छानविन सुरु

१३ भदौ ०७५, राजविराज । सगरमाथा यातायात संघमा आर्थिक अनियमितता र गैर कानुनी क्रियाकलाप भएको भन्दै यातायात व्यवसायीले दिएको उजुरी उपर छानविन सुरु भएको छ ।

सगरमाथा यातायात संघ राजविराजका केही पदाधिकारीको मिलिभगतमा लाखौंको अनियमितता र गैरकानुनी क्रियाकलाप भएको भन्दै यातायात व्यवसायीले उजुरी दिए पछि जिल्ला प्रशासन कार्यालयवाट छानविन सुरु गरिएको हो ।

यातायात व्यवसायी मो. नुरुल होदा अन्सारी, राधा अर्याल, अमरेन्द्र यादव, रासिन्द्र यादव, धनु प्रसाद गुप्ता, वशन्त साह, वच्चु मण्डल लगायतले जिल्ला प्रशासन कार्यालयमा उजुरी पत्र बुझाएका थिए ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यातायात व्यवसायीहरुले दिएको उजुरीको आधारमा सत्य तथ्य छानविन थालिएको बताए । उनले उजुरी उपर छानविन गर्ने क्रममा सम्वन्धित व्यक्ति र बैंकमा रहेको संस्थाको खाता र कारोवारबारे समेत छानविन थालिएको बताए ।

उजुरी पत्रमा सिण्डिकेट खारेज भई आ.व. २०७५/०७६ मा यातायात सम्वन्धित् संघ/संगठन नविकरण नहुने तथा बैंक खाताहरु तत्काल बन्द गर्ने सरकारी निणर्यको अबज्ञा गर्दै बैंकवाट ठुलो परिमाणमा रकम झिकी आर्थिक अपचलन गरिएको आरोप लगाइएको छ ।

यस्तै, संघको सम्पुर्ण बैंक खाताहरुको खोजी तलासी गरी उक्त खाताहरुबाट झिकिएको सम्पुर्ण रकम फिर्ता गराइ गैर कानुनी काम गर्ने पदाधिकारी माथि कारवाही हुनु पर्ने र यातायात व्यवसायीहरुले उजुरी पत्र मार्फत माग गरेका छन ।

उजुरी पत्रमा संघका पदाधिकारीहरुको निर्देशनमा सरकारी निर्णय विपरित अहिले पनि बुकिङ काउण्टरहरुबाट छुटपुर्जीको नाममा यातायात व्यवसायीहरुबाट हजारौँ रकम दिनहुँ असुल गरी रहेको उल्लेख गर्दै सोको पनि छानविन तथा केही पदाधिकारीले त्यस्ता आम्दानी व्यक्तिगत खाता खोली जम्मा गर्ने गरेको दावी सहित कारवाहीको माग गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत