सवारी दुर्घट्नामा १७ घाइते, एकको अवस्था गम्भिर

१४ भदौ ०७५, राजविराज । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका –६ मा बस पल्टिदा १७ जना यात्रु घाइते भएका छन ।

बिहीवार विहान ४ बजेतिर पोखराबाट काकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख ६९४२ नं. को रात्री बस अनियन्त्रित भई पल्टिदा १७ जना यात्रु घाइते भएका हुन् ।

घाइते हुनेमा सुन्सरी ईनरुवा न.पा.१ बस्ने जिवन कुँवर, भारत सुपौल बस्ने २० वर्षिय अरुण कु.यादव, नरकोल असाम बस्ने सरस्वती दास, मोरङका समिर खवास, मनोज खवास, पुर्ण कुमारी श्रेष्ठ, झापाका अमित थापा, निशा थापा र चितवनका सबुना गजुरेल पराजुली, पोखराका केशव गुरुंङ, देवरुपा गिरी, प्रमोद दास, मनोज गुरुङ, दिलिप गुरुङ, दिपक उप्रेति, सुरेश गरबुजा र तनहुका सिता कुमारी रहेका छन् ।

घाइते मध्ये पोखरा म.न.पा.१९ बस्ने ५२ वर्षिया देवरुपा गिरीको अवस्था गम्भिर रहेको र घाइतेहरुको स्थानिय एडभान्स सुरक्षा अस्पताल कल्यानपुरमा उपचार भईरहेको डिएसपी भावेश रिमालले जानकारी दिए ।

बस तीव्र गतिमा भएकाले अनियन्त्रित भई सडकको उतर साईडमा पल्टिएको डिएसपी रिमालले बताए । घटना पछि चालक फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत